FAQs Complain Problems

कुम्मायक गाउँपालिकाको परिचय

नेपालको संविधान २०७२ को संघीय संरचना अनुसार १ नं. प्रदेशको पाँचथर जिल्लामा रहेका एक नगरपालिका र ७ वटा गाउँपालिका मध्ये कुम्मायक गाउँपालिका पनि एक हो ।

कुम्मायक गाउँपालिकाको नामाकरण यस क्षेत्रमा रहेको ऐतिहासिक एवं प्रसिद्ध धार्मीक स्थल कुम्मायकको नामबाट गरिएको हो । लिम्बु भाषामा कुम्मायकको अर्थ ठुलो गढ वा किल्ला भन्ने हुन्छ । विक्रमको १६ औं शताब्दीतिर यस क्षेत्रमा पापोहाङ राजाले राज गरिरहेको बेला तमोर नदिमा राज गरेर बसेको साँबाहाङले यस यासोक क्षेत्रमा आक्रमण गर्ने धावा बोले । उहि समयमा यस क्षेत्रका पापोहाङ सेनाहरुले हाल कुम्मायक रहेको क्षेत्रमा  ठुलो गढ बनाए र कुस्सायक क्षेत्रमा सानो गढ बनाए । हाल खेलमैदान रहेको साविकको रानिगाउँ गाविस ६ को साँवाचेप्पामा युद्द गरे । यसरी युद्ध गर्दा पापोहाङले युद्ध जिते र साँवाहरु काटिएको सो ठाँउलाई हालपनि साँवा चेप्पा भनिन्छ ।

यसरी नामाकरण भएको कुम्मायक वा मुख्य गढबाट यस गाउँपालिकाको ऐतिहासिक आधारमा कुम्मायक नामाकरण भएको हो । 

सिमाना: पूर्व: फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा र आङसराङ , पश्चिम: तमोर तेह्रथुम जिल्लाको म्याङ्लुङ फेदाप गा.पा.को सिम्ले गाउँ

उत्तर: तमोर /फिदिम न.पा.को भारपा र आठराई गा.पा.को चुहान डाँडा थोक्लुङ र दक्षिण: तुम्मेवा गा.पा.को आङ्ना, मौवा, ओलाने र मिक्लाजुङ गा.पा.को सराङडाँडा

क्षेत्रफल : १२९.२९ वर्ग कि.मी 

अक्षांश :२५.०५ N     देशान्तर: ८७.६३ E 

राजनैतिक विभाजन : १ नं. प्रदेश, मेची अञ्चल , पाँचथर जिल्ला , यासोक पाँचथर (केन्द्र रहेको स्थान), जम्मा वडा संख्या: ५ वटा 

मुख्य पर्यटकीय स्थलहरु: कुम्मायक मन्दिर, कुस्सायक मन्दिर, चेतनहाङको दरबार रानीभिर, चमेरे गुफा, सम्बाहाम्फे उत्थानसंघको चोलुङ माङहि तिङ्देन, बालकर्ण देवल थुङसेलिङ, सुम्हात्लुङ डाँडा माङ्जाबुङ, धुँवा राजा धुँवारानीको दरबार चङलिङ माङजाबुङ, साँवा राजा मारिएको गुफा हाङ्थक्वा, विशाल शिवलिङ्ग भएको सेपेनी र वानथाकको साँवाहाङ राजा र घोडाहरुको चिहान आदी ।