FAQs Complain Problems

गाउँपालिका कार्यालय अवस्थित यासोक बजार ।

Read More

कुम्मायक गाउँपालिकाको परिचय

नेपालको संविधान २०७२ को संघीय संरचना अनुसार १ नं. प्रदेशको पाँचथर जिल्लामा रहेका एक नगरपालिका र ७ वटा गाउँपालिका मध्ये कुम्मायक गाउँपालिका पनि एक हो ।

कुम्मायक गाउँपालिकाको नामाकरण यस क्षेत्रमा रहेको ऐतिहासिक एवं प्रसिद्ध धार्मीक स्थल कुम्मायकको नामबाट गरिएको हो । लिम्बु भाषामा कुम्मायकको अर्थ ठुलो गढ वा किल्ला भन्ने हुन्छ । विक्रमको १६ औं शताब्दीतिर यस क्षेत्रमा पापोहाङ राजाले राज गरिरहेको बेला तमोर नदिमा राज गरेर बसेको साँबाहाङले यस यासोक क्षेत्रमा आक्रमण गर्ने धावा बोले । उहि समयमा यस क्षेत्रका पापोहाङ सेनाहरुले हाल कुम्मायक रहेको क्षेत्रमा  ठुलो गढ बनाए र कुस्सायक क्षेत्रमा सानो गढ बनाए । हाल खेलमैदान रहेको साविकको रानिगाउँ गाविस ६ को साँवाचेप्पामा युद्द गरे । यसरी युद्ध गर्दा पापोहाङले युद्ध जिते र साँवाहरु काटिएको सो ठाँउलाई हालपनि साँवा चेप्पा भनिन्छ ।

यसरी नामाकरण भएको कुम्मायक वा मुख्य गढबाट यस गाउँपालिकाको ऐतिहासिक आधारमा कुम्मायक नामाकरण भएको हो । 

सिमाना: पूर्व: फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा र आङसराङ , पश्चिम: तमोर तेह्रथुम जिल्लाको म्याङ्लुङ फेदाप गा.पा.को सिम्ले गाउँ

उत्तर: तमोर /फिदिम न.पा.को भारपा र आठराई गा.पा.को चुहान डाँडा थोक्लुङ र दक्षिण: तुम्मेवा गा.पा.को आङ्ना, मौवा, ओलाने र मिक्लाजुङ गा.पा.को सराङडाँडा

क्षेत्रफल : १२९.२९ वर्ग कि.मी 

अक्षांश :२५.०५ N     देशान्तर: ८७.६३ E 

राजनैतिक विभाजन : १ नं. प्रदेश, मेची अञ्चल , पाँचथर जिल्ला , यासोक पाँचथर (केन्द्र रहेको स्थान), जम्मा वडा संख्या: ५ वटा 

मुख्य पर्यटकीय स्थलहरु: कुम्मायक मन्दिर, कुस्सायक मन्दिर, चेतनहाङको दरबार रानीभिर, चमेरे गुफा, सम्बाहाम्फे उत्थानसंघको चोलुङ माङहि तिङ्देन, बालकर्ण देवल थुङसेलिङ, सुम्हात्लुङ डाँडा माङ्जाबुङ, धुँवा राजा धुँवारानीको दरबार चङलिङ माङजाबुङ, साँवा राजा मारिएको गुफा हाङ्थक्वा, विशाल शिवलिङ्ग भएको सेपेनी र वानथाकको साँवाहाङ राजा र घोडाहरुको चिहान आदी ।

Pages

जन प्रतिनिधि

कर्मचारी विवरण

गणेश अधिकारी प्रमुख प्रशासकिय अधिकृत
अभिषेक घिमिरे सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु. १००
आवश्यक कागजातहरुः-

*बसाईसराई गरि जाने सम्पुर्ण व्यक्तिको नागरिकताको प्रतिलिपि नागरिकता बनेको नभए जन्मदर्ताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु. १००
आवश्यक कागजातहरुः-

दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु. १००
आवश्यक कागजातहरुः-

मृतक र सूचकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु. १००
आवश्यक कागजातहरुः-

*बाबु आमाको नागरिकताको फोटोकपि *स्वास्थ्य संस्था अथवा अस्पतालमा जन्म भएको भए उक्त अस्पतालबाट जारी प्रतिवेदन *घरमा घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाणपत्र ।

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति हेरी १ देखि ५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमूख प्रशासकीय अधिकृत/लेखापाल/ईन्जिनियर/सब-इन्जिनियर
सेवा दिने कार्यालयः- कुम्मायक गाउँपालिका
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

*कार्य सम्पन्न प्रतिवेदन *सार्वजनिक परिक्षण *वडा कार्यालयको कार्य सम्पन्नको सिफारिस *अनुगमन समितिले स्थलगत अनुगमन निर्णयको प्रतिलिपि।

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमूख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कुम्मायक गाउँपालिका
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

*व्यावसाय दर्तावालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
*पा.नं. दर्ता प्रमाणपत्रको प्रतिलिपि (भएमा)
*पासपोर्ट साइजको फोटो (२ प्रति)
*जग्गा लालपुर्जाको प्रतिलिपि(भाडामा बसेको भए सम्झौता पत्र)
*निवेदन

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेको अवस्थामा १ दिन ।
जिम्मेवार अधिकारीः- प्रमूख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- कुम्मायक गाउँपालिका
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

*सम्झौताक लागी निवेदन पत्र *गाउँसभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण । *उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि *नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिको पदाधिकारीको नागरीकता प्रतिलिपि सहितको सम्बन्धित वडा कार्यालयको सिफारिष। *स्वीकृत योजनाको लागत अनुमान ।

जानकारी